काठमाडौं, १८ फागुन – नेपालमा फेरि स्वाइन फ्लु रोग भित्रिएको छ । एक हप्ता अघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपाचारको लागि भर्ना भएका एक जना पुरुषमा स्वाइन फ्लुको जीवाणु भेटिएको सो खबर नेपाल समाचारपत्रले छापेको छ ।

उपचारको क्रममा निजलाई परिक्षण गर्दा स्वाइन फ्लुको भाइरस (इन्फ्लुएन्जा ए, एच वान एन वान पीडीएम ०९) भेटिएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए ।
स्वाइन फ्लु हुँदा १ सय १ डिग्रीको ज्वरो आउने, सुख्खा खोकी लाग्ने आखाँ रातो हुने, सासा फेर्दा अप्ठेरो हुनेलगायतका लक्षण देखा पर्ने गर्दछ ।