
विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
घाँटी सम्बन्धी समस्या पत्ता नलागेपछि उहाँ उपचारका लागि गत शुक्रबार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका थिए ।
मुख्यमन्त्री राईको बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा भएको स्वास्थ्य जाँचअनुसार अवस्था सामान्य रहेको उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए । घाँँटीको समस्याबाट पीडित उनको विस्तृत रिपोर्ट कात्तिक २६ गते प्राप्त हुने भएको छ ।
मुख्यमन्त्री राई निजी खर्चमा उपचारका लागि थाइल्याण्ड गएका थिए ।