०९ साउन २०८३, शनिबार

नेपाल विश्वको अध्ययनको सन्दर्भ सामग्री : प्रवक्ता श्रेष्ठ

कात्तिक १९, २०७५
नेपाल विश्वको अध्ययनको सन्दर्भ सामग्री : प्रवक्ता श्रेष्ठ

बनेपा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विश्वका कम्युनिष्टका लागि अध्ययनको सन्दर्भ सामग्री भएको बताएका छन् । 

काभ्रेपलाञ्चोकको धुलिखेलमा नेकपा धुलिखेल नगर कमिटीले आज आयोजना गरेको तिहार, छठ र नेपाल संवत्का अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपालको लोकतन्त्र सशस्त्र सङ्घर्ष, जनयुद्ध, जनआन्दोलन र शान्ति प्रक्रियाको बाटोबाट अगाडि बढेकाले नेपाल विश्वका लागि अध्ययनको सन्दर्भ सामग्री भएको जिकिर गरे । 

नेता श्रेष्ठले नेपालमा बनेको तीन तहको सरकार गठन गर्ने शक्तिका रुपमा नेकपा स्थापना भएको उल्लेख गर्दै नेपाल विश्व कम्युनिष्ट आन्दोलनका लागि नयाँ आयाम भएको बताए । नेपाली समाजले राजनीतिक क्रान्ति पूरा गरेर नयाँ चरणमा प्रवेश गरिसकेको उनको भनाइ थियो । 

उनले पार्टीलाई तल्लो तहसम्मको एकीकरण गर्न नसकेकै कारण लाखौँ नेता कार्यकर्ता जिम्मेवारीविहीन भएर बस्नुपरेको र सोचेजस्तो काम गर्न नसकिएकोले त्यसको दोष पार्टी नेतृत्व र सचिवालयले लिनुपर्ने बताए । उनले सांस्कृतिक पर्वले दिएको सकारात्मक प्रभाव जीवन व्यवहारमा उपयोग गर्न र नकारात्मक पक्षको विकासलाई नियन्त्रण गर्दै अगाडि बढ्न आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्