काठमाडौं — कुनै समयमा दीपिका पादुकोण र रणवीर कपूरलाई बलिउडको उम्दा जोडी मानिन्थ्यो । पछि उनीहरूको ब्रेकअप भयो तैपनि फिल्ममा मिलेर खेलिरहे ।
आजकल पनि भेट्दा रणवीर र दीपिका राम्रै मूडमा देखिन्छन् ।
हालै करण जोहरको घरमा भएको एउटा पार्टीमा दीपिका र रणवीर सँगै देखिए । त्यस अवसरमा रणवीर सिंह र आलिया भट्ट पनि थिए ।
करणको टीभी शो कफी विद करणमा पनि आलिया र दीपिका सँगै आए ।
यस्तो अवस्थामा रणवीर कपूर र दीपिका पादुकोणले एउटा फिल्म सँगै खेल्ने कुरा उठ्नु स्वाभाविक हो ।
अनि दीपिका र रणवीरले एउटा ठूलो ब्रान्डका लागि सँगै विज्ञापन खेल्ने कुरा पनि आएको छ । पहिला त्यो विज्ञापन दीपिकाले साइन गरेकी थिइन् । त्यसमा रणवीरलाई पनि लिइनेछ भनी उनलाई थाहा थिएन । पछि यसको बारेमा
बताइँदा उनी खुशी भइन् ।
लगभग पाँच वर्ष डेट गरेपछि दीपिका र रणवीर सिंहले १४ र १५ नोभेम्बरमा बिहे गर्न लागेका छन् ।
एजेन्सी