
काठमाडौं — आइतवार प्रियंका चोपडाले बिहेअघिको ब्याचलरेट पार्टी राखेकी थिइन् । उक्त पार्टीमा प्रियंकाले गर्ल ग्याङका साथ खुबै रमाइलो गरिन् ।
उनले पार्टीका केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । तस्वीरमा प्रियंका एकदमै गर्जियस र हट देखिएकी छन् । हुनेवाली बेहुली स्टनिङ देखिएकी छन् ।
प्रियंकाले पार्टीमा सेक्सी किसिमको फेदर्ड गाउन लगाएकी थिइन् । त्यससँगै उनले हेभी ओभरकोट पनि बोकेकी थिइन् । तस्वीरमा उनी निकै बोल्ड देखिन्छिन् । उनका सेक्सी तस्वीर सामाजिक सञ्जालमा छाएका छन् ।
प्रियंका बिहेअगाडिका दिनलाई खुबै इन्जोए गरिरहेकी छन् । गत साता उनले भव्य ब्राइडल शावर आयोजित गरेका छन् : त्यसमा उनले मस्ती गरेको देखिन्छिन् ।
प्रियंकाको बिहेको दिन निश्चित गरिसकिएको छैन । तर पार्टीहरूको सिलसिला जारी छ ।



एजेन्सी