१७ असार २०८३, बुधबार

महेन्द्रनगरमा अख्तियारको प्रदेशस्तरीय कार्यालय

कात्तिक २०, २०७५
महेन्द्रनगरमा अख्तियारको प्रदेशस्तरीय कार्यालय

कञ्चनपुर– भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यालय भवन निर्माण गरिएको छ । महेन्द्रनगर नगर विकास समितिले उपलब्ध गराएको एक बिघा जग्गामा रु सात करोड ३७ लाखमा दुई भवन निर्माण गरिएका हुन् । 

आयोगका कञ्चनपुर प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालका अनुसार प्रशासनिक र प्रहरी ब्लक गरी दुई भवन निर्माण भएका छन् । भवनको सोमबार आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरले उद्घाटन गर्नुभयो । जिल्लामा २०७० सालदेखि अख्तियारले सम्पर्क कार्यालयका रूपमा काम गर्दै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्