२९ जेठ २०८३, शुक्रबार

क्यामरूनमा प्रिन्सिपलसहित ८० विद्यार्थीको अपहरण

कात्तिक २०, २०७५
क्यामरूनमा प्रिन्सिपलसहित ८० विद्यार्थीको अपहरण

काठमाडौं — पश्चिमी क्यामरूनमा सोमवार बिहान बमेन्दा शहरस्थित एक विद्यालयबाट प्रधानाध्यापकसहित ८० विद्यार्थीलाई अपहरण गरिएको छ । 

कुनै पनि पृथकतावादी संगठनले अहिलेसम्म घटनाको जिम्मेवारी लिएको छैन । सेनाका अधिकारीहरूले बताएअनुसार, राष्ट्रपति पल बियाको सरकारको विरोध गर्दै पृथकतावादीहरूले उक्त क्षेत्रमा कर्फ्यु लगाएका छन् । 

उनीहरूले प्रदर्शनका बेलामा विद्यालयहरू बन्द राख्न धम्की दिएका थिए तर सोमवार स्कूल खुलै रह्यो । 

सेनाका अधिकारीहरूका अनुसार, सबै बालबालिकालाई जंगल लगिएको छ । सरकारी प्रवक्ताले बालबालिकालाई खोज्नका लागि अभियान शुरू गरेको बताएपनि कुनै सफलता हात परेको छैन । 

क्यामरूनमा पृथकतावादीहरूको शान्तिपूर्ण प्रदर्शनमा सरकार कडा रहँदा सन् २०१७ बाट हिंसक आन्दोलन शुरू भयो । त्यसपछि धेरै मानिस बमेन्दा समेत अन्य इलाका छोडेर शान्तिपूर्ण क्षेत्रतर्फ गए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्