२३ असार २०८३, मंगलबार

गोरखापत्र बाजेलाई मरणोपरान्त सम्मान गरिने

कात्तिक २०, २०७४
गोरखापत्र बाजेलाई मरणोपरान्त सम्मान गरिने

पोखरा, १८ फागुन - पिसजोन एकेडेमी, पोखराले ‘गोरखापत्र बाजे’का रुपमा परिचित स्व चन्द्रकान्त पौडेललाई मरणोपरान्त सम्मान गर्ने भएको छ । 


एकेडेमीको यही फागुन २० गते हुने १३औँ वार्षिकोत्सवको अवसर पारी पोखरा क्षेत्रमा सूचनाको संवाहकका रुपमा आफ्नो जीवनकालमा अतुलनीय योगदान पु¥याएबापत गोरखापत्र बाजेलाई मरणोपरान्त सम्मान गर्न लागिएको एकेडेमीका संस्थापक एवम् प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दहालले मङ्गलबार यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिनुभयो ।

एकेडेमीले ओझेलमा परेका पात्रको खोजी कार्यक्रमअन्तर्गत रु १५ हजारसहित उहाँको सम्मान गर्न लागेको जानकारी दिँदै दाहालले नेपाली खेलकुदजगत्मा विशिष्टता हासिल गरेका कीर्तिमानी म्याराथन धावक बैकुण्ठ मानन्धर र समाजसेवी लीलाभक्त आचार्यलाई अभिनन्दन गरिने पनि जानकारी दिनुभयो ।

उहाँका अनुसार वार्षिकोत्सवका अवसरमा एकेडेमीका कर्मचारीलाई दीर्घसेवा सम्मान, २०७२ सालको एसएलसीमा उत्कृष्ट विद्यार्थीलाई स्व विश्वनाथ बराल स्मृति छात्रवृत्ति, सर्वोत्कृष्ट विद्यार्थी सम्मान, कविता सङ्ग्रह विमोचनका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुति गरिनेछ । रासस

salt training

कमेन्ट गर्नुहोस्