
कञ्चनपुर- सामाजिक सुरक्षा भत्ता नपाएपछि कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका ज्येष्ठ नागरिकको दशैँ र तिहारजस्ता मूख्य चाडवाड खल्लो भएको छ ।
नगरपालिका कार्यालयले समयमै भत्ता रकम निकासा नगर्दा जेष्ठ नागरिकको दशैँजस्तै तिहार पनि खल्लो हुने भएको हो । रमाइलो गरी तिहार मनाउने सोच बनाएका शुक्लाफाँटा नगरपालिकाका ज्येष्ठ नागरिक भत्ताको रकम नपाउने निश्चित भएपछि खिन्न भएका छन् ।
नगरपालिकाले समयमा सामाजिक सुरक्षा भत्ताको रकम वितरणका लागि बैङ्कलाई स्पष्ट निर्देशन दिन नसक्दा यहाँका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग, दलित बालबालिकाले रकम पाउन सकेका छैनन् ।
शुक्लाफाटा नगरपालिका–४ का जानकी देवी डगौराले सामाजिक सुरक्षाभत्ता नपाउँदा दशैँ जस्तै तिहारमा समेत नयाँ लुगा लगाउन नपाइने भएको बताइन् ।