०१ असार २०८३, सोमबार

कर्मचारी समायोजन ऐन : खटाएको स्थानमा नजानेलाई अवकास

कात्तिक २१, २०७५
कर्मचारी समायोजन ऐन : खटाएको स्थानमा नजानेलाई अवकास

काठमाडौं — कर्मचारीलाई पहिले रोज्‍न लगाउने, नरोजे केन्द्रले आफैँले खटाउने र खटाएको ठाँउमा नजानेलाई अवकास गर्नेसम्मको व्यवस्‍था कर्मचारी समायोजन ऐनमा राखिएको छ।

समायोजन नरोज्‍न कर्मचारीलाई केन्द्रले प्रदेश  र स्थानीय तहमा खटाउने संघीय तथा सामान्‍य प्रशासन मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले जानकारी दिए। 

बाटोको म्‍यादबाहेक ३५ दिनभित्र कर्मचारी समायोजन गरिएको प्रदेश र स्थानीय तहमा हाजिर हुनु पर्नेछ।

९० दिनभित्र पनि हाजिर नहुने कर्मचारीलाई अवकास दिन सक्‍ने व्यवस्था गरिएको छ। अन्नपूर्ण पोष्टमा खबर छापिएकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्