१८ असार २०८३, बिहीबार

व्यापारयुद्ध अन्त्य गर्नका लागि वार्ता गर्न चीनले राख्यो प्रस्ताव

कात्तिक २१, २०७५
व्यापारयुद्ध अन्त्य गर्नका लागि वार्ता गर्न चीनले राख्यो प्रस्ताव

काठमाडौं — अमेरिकासँग व्यापारयुद्ध चलिरहँदा चीनले वार्ताको प्रस्ताव राखेको छ । चीनका उपराष्ट्रपति वाङ किशानले वार्ताका लागि चीन तयार रहेको बताएका हुन् । 

दुवै पक्षबीच हरेक मुद्दामा गम्भीर चर्चामार्फत समाधान निस्कने उनले बताएका हुन् । 

व्यापारयुद्धमा चीनको कडा दृष्टिकोण थियो र अहिले नरम संकेत पाइएको छ । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले खुला रूपमा चीनसँग व्यापारयुद्धको घोषणा गरेका छन् । 

चीन यसरी नरम हुनुमा अनेकौं कारण छन् । यसै वर्षको सेप्टेम्बर महिनामा आएको त्रैमासिक प्रतिवेदनअनुसार, चीनको अर्थतन्त्र विगत १० वर्षमा आफ्नो न्यूनतम स्तरमा छ । जनवरी महिनामा बजारमा आएको वृद्धिपछि सेप्टेम्बरसम्म फेरि मन्दी आएको छ । 

डलरको तुलनामा चीनको मुद्रा कमजोर छ र देशको विकासको प्रमुख चिह्न मानिने भौतिक निर्माणमा लगानीको आँकडामा पनि कमी आइरहेको छ । 

चीनको माइक्रोचिप इन्डस्ट्रीमा अमेरिकाले निकै ठूलो आक्रमण गरेको छ । ट्रम्प प्रशासनले बेइजिङमाथि २०० अर्ब डलरको आयातशुल्क लगाएपछि त्यसको जवाफका रूपमा चीनले पनि ६० अर्ब डलरको कर लगायो । 

व्यापारयुद्धका क्रममा अमेरिकाले चीनमाथि माइक्रोन मेमोरी चिप फर्मको चोरी गरेको आरोप समेत लगायो । चीनको माइक्रोचिप फुजिहान जिन्हुआ र उनको ताइवानी साझेदारमाथि अमेरिकाले बौद्धिक सम्पत्ति चोरेको आरोप
लगाएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्