२२ जेठ २०८३, शुक्रबार

रसुवामा एक विदेशी पर्यटकको मृत्यु

कात्तिक २१, २०७५
रसुवामा एक विदेशी पर्यटकको मृत्यु

रसुवा – लाङ्टाङ यात्राबाट फर्केका एक विदेशी पर्यटकको बुधवार बिहान धुञ्चेमा निधन भएको छ । 

धुञ्चेस्थित एक होटलमा राहदानी नम्बर १० सी ए ८००३९ भएका फ्रान्सका ६५ वर्षीय नागरिक हर्भे गुलटासको निधन भएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिए । 

सामान्य रुघाखोकी लागेपछि उनी भ्रमण छोट्याइ काठमाडौंतर्फ फर्कने क्रममा थिए । उनको साथमा श्रीमतीसमेत रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्