
काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नवनियुक्त उपसभापति विजयकुमार गच्छदारले सिँगो पार्टीलाई अब एकतावद्ध बनाएर अघि बढाउने उद्धघोष गरेका छन् । उनले भने,‘सकेसम्म म पार्टीभित्रको गुट अन्त्य गर्छु, यदी सकिन भनेपनि विवादलाई न्यूनिकरण गर्छु ।’
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता गच्छदारले यस्तो बताएका हुन् । उनले पार्टीमा रहेका गुट÷उपगुट अन्यत्को लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । उनले थपे,‘पार्टीलाई समन्वयनकारी भूमिका निर्वाह गरेर एक ढिक्का बनाउँछु । अबको मेरो प्रयास त्यही हुनेछ ।’
कांग्रेसले अब सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने पनि उनले जनाए । उनले भने,‘आगामी निर्वाचनमा कांग्रेस एक नम्बर पार्टी बन्छ । अहिलेको समस्या समाधान गर्न कांग्रेसले भूमिका निर्वाह गर्छ ।’
पार्टीभत्र आफूले पाएको नयाँ जिम्मेवारीलाई कुशलताका साथ निभाउने पनि गच्छदारको भनाई छ । उनले भने,‘म आफ्नो जिम्मेवारी पूरा गर्दै अघि बढ्छु । पार्टीलाई सुदृढ, सबल र एकताबद्ध बनाउँछु ।’