काठमाडौं। चलचित्र ‘गोर्खे’मा समावेश ‘सिन्की अचार’ बोलको गीत सार्वजनिक गरिएको छ ।
अन्जु पन्त र आरसी रिमालको स्वर रहेको गीतको भिडियोमा चलचित्रका कलाकार रबिन्द्र प्रताप सेन र मोडल अञ्जली अधिकारी फिचर्ड छन् ।
हरी लामाको प्रस्तुतिमा बनेको चलचित्र ‘गोर्खे’लाई सन्तोष ढकालले निर्देशन गरेका हुन । चलचित्रमा हिमाल केसीको द्वन्द र मित्र डि. गुरुङको सम्पादन छ ।