२९ असार २०८३, सोमबार

युद्धविरामको सम्भावना रहँदा यमनमा चर्कियो हिंसा

कात्तिक २१, २०७५
युद्धविरामको सम्भावना रहँदा यमनमा चर्कियो हिंसा

काठमाडौं — यमनको होदेदा शहरमा युद्धविरामको आह्वानका साथ शान्ति आउने आशा गरिएको बेलामा यो महत्त्वपूर्ण बन्दरगाहमा अहिलेसम्मकै सबभन्दा खराब हिंसा चर्किएको छ । 

होदेदामा बस्ने बसीम अल–जनानीले भने, ‘अहिलेको लडाईं निकै हिंसक छ । पूर्वतिर बम र गोलीको लगातार आक्रमणका कारण आएको आवाजले मलाई टाउकै दुखाइसक्यो । छर्रा र गोलीका कारण मानिसहरू आफ्नै घरमा घन्टौंसम्म थुनिन बाध्य भएका छन् । तर घरहरू पनि सुरक्षित छैनन् ।

विगत केही दिनयता १०० भन्दा बढी हवाई आक्रमणले सर्वसाधारणको टोलमा प्रहार गरेका छन् । अक्टोबरको पूरै पहिलो हप्ताभन्दा यो पाँचगुणा बढी हो । 

सरकारसमर्थक मिलिसियाहरूले नोभेम्बरको अन्त्यसम्ममा युद्धविरामको सम्भावनाबीच सकेसम्म बढी क्षेत्र जित्न खोजिरहेका छन् । नोभेम्बर महिना सकिने बेलामा संयुक्त राष्ट्रसंघले प्रायोजित गरेको शान्तिवार्ता स्विडेनमा फेरि शुरू हुने सम्भावना छ । 

साउदी अरब र संयुक्त अरब अमिरातको गठबन्धन सेना शहरको हूती विद्रोहीकेन्द्रित क्षेत्रमा क्रमशः अघि बढिरहेका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्