१६ असार २०८३, मंगलबार

सेन्सरसहितका सडक बत्ती जडान शुरु

कात्तिक २१, २०७५
सेन्सरसहितका सडक बत्ती जडान शुरु

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा सेन्सरयुक्त सडक बत्ती जडान शुरु गरिएको छ । 

बजार क्षेत्रका मुख्य चोकमा अँध्यारो हुँदा स्वचालित रूपमा बल्ने र उज्यालो हुँदा आफैँ निभ्ने बत्ती जडान शुरु गरिएको हो । 

एलइडी चिममा सेन्सर जडान गरिएको छ । वडा कार्यालयको रु दुई लाख ५० हजार रकम खर्चेर बजार क्षेत्रमा १०० बत्ती जडान गरिने वडाध्यक्ष लालबहादुर ऐरले बताए।

परीक्षणका रूपमा आधा दर्जन ठाउँमा सेन्सरसहितका बत्ती जडान गरेका छौँ उनले भने, “प्रभावकारिता परीक्षणपछि अन्य क्षेत्रमा बत्ती जडान हुनेछन् ।” वडाका ग्रामीण क्षेत्रका चोकमा समेत यस बत्तीलाई जडान गरिने योजना रहेको उनको भनाइ छ । 

सेन्सरसहितका बत्ती जडानका लागि वडा कार्यालयले नेपाल विद्युत् प्राधिकरण कार्यालयसँग सम्झौता गरेको छ । रु १५ हजार धरौटी रकम राखेर मासिक रूपमा रु चार हजार सडक बत्तीको महशुलवापत तिर्ने सम्झौता गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्