२२ जेठ २०८३, शुक्रबार

पत्रकार सम्मेलनमा जंगिए ट्रम्प : भने, तिमी असभ्य र क्रूर छौ

कात्तिक २२, २०७५
पत्रकार सम्मेलनमा जंगिए ट्रम्प : भने, तिमी असभ्य र क्रूर छौ

काठमाडौं — अमेरिकामा मध्यावधि निर्वाचनपछि गरिएको पत्रकार सम्मेलनमा राष्ट्रपति डोनल्ड ट्रम्प पत्रकारहरूसँग जंगिएका छन् । 

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा हल्लाखल्ला भयो अनि ट्रम्पले एक संवाददातालाई असभ्य र क्रूर भने । अनि अर्का पत्रकारलाई उनले नश्लीय प्रश्न सोधेको आरोप लगाए । 

लगभग डेढ घन्टा चलेको पत्रकार सम्मेलनमा उनले कतिपय रिपोर्टरको प्रश्नको जवाफ दिएनन् । 

ट्रम्पले भने, ‘मिडियाले शत्रुको जस्तो व्यवहार गर्छ । दुःखद ।’ 

यति मात्र नभई रिसाएका ट्रम्पले सीएनएनका रिपोर्टर जिम अकोस्टाको प्रेस पास निलम्बित गरिदिए । 

प्रेस संगठनहरूले ट्रम्प प्रशासनको यो निर्णयको विरोध गरेका छन् । अकोस्टाले मध्य अमेरिकाबाट आउने प्रवासीका विषयमा प्रश्न गरेका थिए । ट्रम्पले त्यस्ता प्रवासीलाई कैयौंपटक अपराधी भनिसकेका छन् । 

आप्रवासीको बारेमा प्रश्न सोधिँदा ट्रम्पले भने, ‘मलाई देश चलाउन देऊ अनि तिमी सीएनएन चलाऊ ।’ अकोस्टाले अर्को पत्रकारलाई माइक्रोफोन दिन नमानेपछि ट्रम्पले ‘धेरै भयो, अब माइक्रोफोन तल राख’ भने ।

तैपनि अकोस्टाले उनलाई ‘तपाईंमाथि लागेका आरोपले तपाईंलाई चिन्तित बनाउँछ’ भनी प्रश्न गर्दा ट्रम्पले भने, ‘मैले तिमीलाई भनें नि, तिमीले सीएनएनमा काम गर्दा लाज मान्नुपर्ने हो । तिमी एकदमै असभ्य र क्रूर मान्छे हौ । तिमीले
सीएनएनमा काम गर्नुहुँदैन ।’

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्