१७ असार २०८३, बुधबार

अमेरिकाले अचानक उत्तर कोरियासँगको उच्चस्तरीय वार्ता गर्‍ ​यो स्थगित

कात्तिक २२, २०७५
अमेरिकाले अचानक उत्तर कोरियासँगको उच्चस्तरीय वार्ता गर्‍ ​यो स्थगित

काठमाडौं — अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओले न्युयोर्कमा उत्तर कोरियाका शीर्ष अधिकारीसँगको कुराकानी एकतर्फी रूपमा स्थगित गरेका छन् ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता हीदर नोर्टले पम्पिओ र उत्तर कोरियाको प्रतिनिधिमण्डलबीच बिहीवार हुने वार्ता पछिका लागि सरेको बताइन् । 

आफ्नो कार्यक्रमको अनुकूलताअनुसार अर्को मितिमा वार्ता गरिने उनको भनाइ छ । उत्तर कोरियाले अमेरिकी प्रतिबन्धलाई हटाउनका लागि लगातार माग गरिरहेको छ । 

उत्तरको परराष्ट्र मन्त्रालयले सोमवार मात्र पम्पिओले किम योङ–चोलसँग भेटघाट गर्ने र आणविक निःशस्त्रीकरण सन्धिमा भएको प्रगतिको चर्चा गर्ने कुरा थियो । 

गत साता उत्तर कोरियाले अमेरिका प्रतिबन्ध नहटाउन अग्रसर नभएमा आणविक हतियार बनाउने आफ्नो नीतितर्फ फर्कनका लागि गम्भीरतापूर्वक विचार गर्ने जनाएको थियो । 

उता फक्स न्युजसँग कुरा गर्दै पम्पिओले निःशस्त्रीकरणको अन्तिम लक्ष्य पूरा नहुन्जेलसम्म उत्तरलाई कुनै आर्थिक प्याकेज नदिइने बताएका थिए । 

उत्तर कोरियाको प्रतिनिधिमण्डलसँग पम्पिओको बैठक टरेपछि दक्षिण कोरियाले खेदजनक बताउँदै अत्यधिक निराशावादी व्याख्या अनावश्यक रहेको जनायो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्