
काठमाडौं — अमेरिकाको क्यालिफोर्नियामा उस्तै अनुहार भएका जुम्ल्याहाले दुई घन्टाको अन्तरमा बच्चा जन्माएका छन् ।
फ्रेस्नो बी पत्रिकाले बुधवार यसको समाचार लेख्दै बाओकोउ याङलाई आइतवार बेथा लाग्यो । त्यसको केही समयपछि उनकी बहिनी बाओन्हिया याङले पनि बेथा लागेको बताइन् ।
बाओकोउले आइतवार साँझ सात बजे बच्चा जन्माइन् । उनकी बहिनीले पौने नौ बजे बच्चा पाइन् ।
दुवैले छोरी जन्माए र छोरीहरूको तौल लगभग उत्ति नै छ ।
यी जुम्ल्याहाहरू १४ सन्तान भएको परिवारका सदस्य हुन् र उनीहरू फ्रेस्नोमा हुर्कदाँ एकअर्कासँगै नछुट्टिइकन बस्थे ।
दिदीबहिनीमध्ये कसले पहिले सन्तान जन्माउने भनी बाजी थापेका थिए तर सन्तानको जन्म यति छोटो अन्तरमा होला भनी उनीहरूले सोचेका थिएनन् । उनीहरूको ड्यु डेटमा दुई दिनको फरक थियो ।
उनीहरू आफ्नै जस्तो छोरीहरूको पनि जन्मदिन एकै दिन परेकोमा उत्साहित भएका छन् ।
एजेन्सी