
काठमाडौं, १८ फागुन - मन्जीवसिंह पुरी नेपालका लागि भारतीय राजदूतमा नियुक्त भएका छन् । रणजित रायको कार्यकालय सकिएसँगै भारतले पुरीलाई नेपालको राजदूतमा नियुक्त गरेको हो । यो भन्दा अघि पुरी भारतका लागि बेल्जियमका राजदूत थिए ।
भारतीय राजदूत रणजित राय आज तीन वर्षे कार्यकाल सकेर स्वदेश फर्किंदैछन् । परराष्ट्र मन्त्रालयका अनुसार पुरीको नाम भारतले अनुमोदनका लागि पठाएको छ ।
भारतले पुरीको नाम अनुमोदन गरेसँगै उनी केही दिनमै नेपाल आउने छन् ।
पुरीले यो भन्दा अघि संयुक्त राष्ट्र संघका लागि पनि भारतीय प्रतिनिधी तथा कार्यकारी स्थायी प्रतिनिधीको रुपमा काम गरिसकेका छन् । उनी भारतीय सुरक्षा परिषद्का बरिष्ठ सदस्य थिए ।