०७ असार २०८३, आइतबार

मकवानपुरमा पनि बन्ने भयो केबलकार

कात्तिक २३, २०७५
मकवानपुरमा पनि बन्ने भयो केबलकार

हेटौँडा– मकवानपुर जिल्लाको पर्यटकीयस्थलको विकास र प्रवद्र्धन गर्न उद्देश्यले केबुलकार निर्माण गर्न गृहकार्य शुरु भएको छ । 

मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्ज्याङ र भीमफेदी गाउँपालिकाको भैसे जोड्ने गरी केबुलकार निर्माण गर्न प्रारम्भिक अध्ययन शुरु गरिएको थाहा नगरपालिकाले जनाएको छ । 

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको नेतृत्वमा विज्ञसहितको एक टोलीले उक्त नगरपालिकाको वडा नं ४ स्थित सिमभञ्ज्याङको स्थलगत निरीक्षण एवम् अवलोकन गरिएको थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले जानकारी दिए । 

जिल्लाको पर्यटकीयस्थलमध्ये महत्वपूर्ण पर्यटकीयस्थल रहेको सिमभञ्ज्याङवाट ड्रोनको प्रयोग गरी दूरीको नापनक्सा र प्रारम्भिक अध्ययन भएको बताइएको छ । सिमभञ्ज्याङवाट भीमफेदी गाउँपालिकाको भैसेतर्फ ६ किलोमिटर र थाहा नगरपालिकाको दामनतर्फ करीब ७२२ मिटरको दूरी रहेको प्रारम्भिक अध्ययनका क्रममा पाइएको उपप्रमुख गोपालीले जनाए । 

salt training

कमेन्ट गर्नुहोस्