काठमाडौं, १७ फागुन — हुन त अफगानिस्तान आतंकवाद र तालिबानी अत्याचारका कारण चर्चामा रहने गर्दछ । तर यहाँ हामी अफगानिस्तानसम्बन्धी यस्ता तथ्य बताउँदैछौं जुन तपाईंलाई शायद थाहा थिएन ।

तालिबानको प्रभावमा पर्नुअघि अफगानिस्तान एक स्वतन्त्र मुलुक थियो । जस्तो मन लाग्यो त्यस्तै कपडा लगाउन र पढ्न त्यहाँ मानिसलाई छुट थियो । तर तालिबानीहरूले सबै स्वतन्त्रतामा बन्देज लगाए ।
अफगानिस्तानको राष्ट्रिय खेल बुशकाशी हो । घोडा कुदाएर बाख्रा समात्ने खेल हो यो । यस खेलमा दुई टोलीले बाख्रो समात्नका लागि कोशिश गर्छन् । यो खेल ओलम्पिकजत्तिकै भव्य मानिन्छ त्यहाँ ।
अफगानिस्तानमा शायरी संस्कृतिकै अंगका रूपमा रहेको छ । यहाँ खुबै सोख मानेर मानिसहरू शायरी सुन्छन् ।
अफगानिस्तानका युवा हलिउड हिरो आर्नोल्ड सावर्जनेगरलाई बडीबिल्डिङको आदर्श मान्छन् । यहाँका कुश्ती अखडाहरूमा आर्नोल्डका तस्वीर झुण्ड्याइएका हुन्छन् ।
अफगानिस्तानमा अन्य संस्कृति पनि विकसित भइरहेछन् । एक जापानी युवकले अफगानी महिलासँग विवाह गरेर
अफगानिस्तानमा सेटल भएपछि स्थानीयहरूलाई जापानी संस्कृति सिकाइरहेको छ ।
तालिबानी शासनअघि अफगानिस्तानमा बामियान बुद्धको भव्य मूर्ति थियो तर आतंकवादीहरूले त्यसलाई भत्काए ।
संसारभरिमा अफगानीहरू आँखा सबभन्दा सुन्दर मानिन्छ ।
नेसनल जियोग्राफी नामक पत्रिकामा छापिएकी युवती (जो अहिले वयस्क भइसकिन्) धेरै प्रसिद्ध भइन् । अफगानी महिलाहरू यस्तै देखिन्छन् ।

अफगानिस्तानको नीलो मस्जिद सुप्रसिद्ध छ ।
आतंकवादको प्रभावमा पर्नुअघि अफगानिस्तानमा प्राथमिक शिक्षा सबैतिर अनिवार्य थियो ।
अफगानिस्तानमा महिलाहरूलाई सन् १९२० मै मतदान अधिकार दिइएको थियो । सन् १९९० मा ७० प्रतिशत विद्यालय शिक्षिका, ५० प्रतिशत सरकारी कर्मचारी र ४० प्रतिशत चिकित्सक महिला थिए । अहिले त महिलाको स्थिति एकदमै नाजुक छ त्यहाँ ।
एजेन्सीको सहयोगमा