३२ असार २०८३, बिहीबार

नेपाल संवतकाे विशेष कार्यक्रम मङ्सिरमा

कात्तिक २३, २०७५
नेपाल संवतकाे विशेष कार्यक्रम मङ्सिरमा

काठमाडौँ– नेपाल संवत् ११३९ न्हूदँ समारोह समितिले आगामी मङ्सिर १० गते उक्त संवत्लाई नयाँ वर्षको उपलक्ष्यमा विशेष कार्यक्रम गरी मनाउने भएको छ । 

यही कात्तिक २२ गते गर्नुपर्ने उक्त कार्यक्रम नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा विकास गर्न महत्वपूर्ण योगदान गरेका नेता पद्मरत्न तुलाधरको यही कात्तिक १८ गते भएको निधनले औपचारिक समारोह तथा सांस्कृतिक कार्यक्रम स्थगित गरिएको थियो । उक्त दिन शङ्खधर शाख्वाः दिवसका सन्दर्भ पारेर औपचारिक कार्यक्रम गर्न लागिएको हो । 

विभिन्न टोल तथा गुठीबाट सांस्कृतिक बाजागाजासहित वसन्तपुर क्षेत्रमा भेला भई लगनटोल, जैसीदेवल तथा ठहिटी, असन, इन्द्रचोकलगायत भित्री शहरमा नयाँ वर्षको प्रचारप्रसार गरिनेछ । समितिका अध्यक्ष सत्यभामा माथेमाले नेपाल संवत्को वैज्ञानिक पक्षबारे जानकारी गराउन स्थगित गरिएको उक्त कार्यक्रम गर्न लागिएको जानकारी दिए । उनले नेपाल संवत्लाई राष्ट्रिय संवत्सरह व्यावहारिक रुपमा कार्यान्वयन गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

सरकारले जनताको ऋणमोचन गरी जनस्तरबाट देशकै नाममा उक्त संवत् चलाएका शाख्वाःलाई विसं २०५६ मङ्सिर २ गते तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको प्रदेशसभा सदस्य वसन्त मानन्धरले जानकारी दिए । 

विसं २०६५ गोवद्र्धन पूजाका दिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त संवत्लाई राष्ट्रिय संवत्का रुपमा घोषणा गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्