१३ असार २०८३, शनिबार

डेढ अर्ब याहु प्रयोगकर्ताको एकाउन्ट ह्याक, तुरुन्त बदल्नुस् पासवर्ड

कात्तिक २०, २०७४
डेढ अर्ब याहु प्रयोगकर्ताको एकाउन्ट ह्याक, तुरुन्त बदल्नुस् पासवर्ड
वाशिंगटन,३० मंसिर– अमेरिकाको मल्टीनेशनल टेक्नोलोजी कम्पनी याहुको डेढ अर्बभन्दा बढी प्रयोगकर्ताको डाटा ह्याक भएको छ ।

कम्पनीले यसअघि नै सन २०१३ मा ह्याकर्सहरुले ७५ करोड याहु प्रयोगकर्ताहरुको एकाउन्ट ह्याक भएको जानकारी दिएका थिए । बुधवार याहु कम्पनीले यति ठूलो संख्यामा आफ्नो प्रयोगकर्ताहरुको एकाउन्ट ह्याक भएको जानकारी दिएका हुन् ।

यसमा प्रयोगकर्तामहरुको युजर नेम,टेलिफोन नम्बर र जन्मतिथि समेतको जानकारी चोरी भएको बताइएको छ । याहुले सन २०१३ मा ह्याक भएका प्रयोगकर्ताको क्रेडिट कार्ड र बैंक एकाउन्टमा कुनै खतरा नआउने जानकारी गराए ।
ह्याकरहरुले प्रयोगकर्ताको अनक्रिप्टेड सेक्युरिटी प्रश्न पनि चोरी गरेका छन् जसले कम्पनीको प्रयोग कर्ताको आधिकारिकता प्रमाणित गर्छ । ह्याकरबाट आउन सक्ने खतराबाट कम गर्न कम्पनीले प्रयोग कर्तालाई सचेत गराईरहेका छन् । र, प्रयोगकर्तालाई आफ्नो इमेलको पासवर्ड परिवर्तन गर्न आग्रह गरेका छन् ।
चोरी भएको समय सन २०१३ देखि अहिलेसम्म धेरैपटक प्रयोगकर्ताको सूचना चोरी गरेको हुन सक्ने अनुमान छ । याहुले आफ्ना प्रयोगकर्तालाई आफ्नो अनलाईन एकाउन्टलाई रिभ्यु गर्न पनि भनिएको छ । याहु प्रयोगकर्ताले इमेलको पासवर्ड मात्र होइन सेक्युरिटी प्रश्नलाई पनि बदल्न अनुरोध गरेको छ ।
याहुले आफ्नो प्रमुख व्यवसायलाई टेलिकम्युनिकेशन कम्पनी वेरिजोनलाई ४.८ बिलियन डलर बेच्ने सहमति भएको बेला यतिठूलो मात्रामा प्रयोगकर्ताको इमेल ह्याक भएको खबर बाहिर आएको हो । यस घटना पछि याहुको उक्त सहमति कायम हुन्छ कि हुँदैन भन्नेमा शंका उब्जेको छ । यस घटनापछि याहुको आफ्नो शेयरमा २.७ प्रतिशतले कमी आएको छ । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्