३० जेठ २०८३, शनिबार

राज्यपक्षको आक्रमणमा परी २३ लडाकूको मृत्यु

कात्तिक २४, २०७५
राज्यपक्षको आक्रमणमा परी २३ लडाकूको मृत्यु

बेरुत-सिरियाको सरकारी सुरक्षाकर्मीहरूको आक्रमणमा परी शुक्रबार कम्तीमा २३ जना लडाकू मारिएका छन् । 

जैशा अल इज्जा नामक विद्रोही समूहको नियन्त्रणमा रहेको इड्लीब प्रान्तको एउटा ठाउँमा भएको घटनामा उनीहरूको मृत्यु भएको हो । 

सिरियाली अब्जरभेटरी फर ह्युमन राइटस्का अधिकारीहरूले त्यस क्षेत्रलाई आफ्नो नियन्त्रणमा फर्काउन सरकारी सेनाले आक्रमण गरेको बताएका छन् । 

इड्लीब र त्यस वरीपरीका क्षेत्रहरू पछिल्लो समय मुख्य विद्रोही समूहको प्रभावमा रहेको समाचारमा जनाइएको छ । 

रुसको समर्थन रहेको सिरियाको अहिलेको सरकारले विद्रोहीको नियन्त्रणमा रहेका कतिपय ठाउँहरूलाई पछिल्लो समय आफ्नो नियन्त्रणमा लिन सफल भएको छ । 

सिरियामा सन् २०११ देखि गृहयुद्व चलिरहेको छ । यसबाट अहिलेसम्म लाखौँको मृत्यु भएको छ भने दशौँ लाख विस्थापित भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्