काठमाडौं, १८ फागुन – चलचित्र ग्याङस्टार ब्लुजको रिलिज डेट सरेको छ । हेमराज बिसी निर्देशित चलचित्र अहिले छायांकनमा छ ।
अनमोल केसी अभिनित चलचित्र 'कृ' को रिलिज डेट हेरफेर भएसँगै 'ग्याङस्टार ब्लुज' ले पनि आफ्नो फिल्मको रिलिज डेट अगाडि सारेको हो । अर्को वर्ष भदौ २३ मा रिलिज हुने भनिएको चलचित्र अब भने भदौ २ गते नै रिलिज हुने भएको हो ।

दुवै फिल्मले मल्टिप्लेक्सका दर्शक तान्ने योजना बनाएर चलचित्र निर्माण गरिरहेको हुनाले पनि निर्माण पूर्व नै यी दुईको प्रतिस्पर्धा भइरहेको छ । चलचित्रमा आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरी, रोजिशा शाही ठकुरी लगायतका कलाकारको अभिनय रहनेछ ।
४० प्रतिशत छायांकन सकिएको चलचित्रमा कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ ।