
काठमाडौं– भक्तपुर प्रहरीले शुक्रबार ३३ जुवाडेलाई पक्राउ गरेको छ ।
भक्तपुरको सूर्यबिनायक नगरपालिका–१० चिताखेलस्थित प्रवीण त्वातीले सञ्चालन गरेको कुखुरा फर्ममा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट १६ थान कौडा र ३ लाख ८४ हजार २३० रुपैयाँ समेत बरामद गरेको छ ।