२७ जेठ २०८३, बुधबार

श्रीलंकाका राष्ट्रपतिद्वारा संसद भंग

कात्तिक २४, २०७५
श्रीलंकाका राष्ट्रपतिद्वारा संसद भंग

काठमाडौं– श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनाले संसद भंग गर्ने आदेश जारी गरेका छन् । गत महिना प्रधानमन्त्रीबाट रनिल विक्रमासिंघेलाई बर्खास्त गरेका राष्ट्रपति सिरिसेनाले यस्तो आदेश जारी गरेका हुन् । 

उनले विक्रमासिंघेलाई बर्खास्त गर्दै पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई नयाँ प्रधानमन्त्री बनाएका थिए । संसद भंग गर्ने आदेश शुक्रबार मध्यरातबाट लागू भएको छ ।

संसद भंग गर्ने राष्ट्रपतिको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट पर्न सक्ने सम्भावना रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्