०८ असार २०८३, सोमबार

म बोलेको कुरा समयमै पूरा गर्ने मन्त्री हुँ : लालबाबु पण्डित

कात्तिक २४, २०७५
म बोलेको कुरा समयमै पूरा गर्ने मन्त्री हुँ : लालबाबु पण्डित

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले विकास निर्माणका मुल कामहरु अब पूर्ण गतिका साथ अघि बढाउने र जनताले चाहेजस्तो परिणाम पनि आउने विश्वास दिलाएका छन् । 

उनले भने,‘बर्खा सकियो अब विकास निर्माणका कामहरु पूर्ण र द्रुत गतिका साथ अघि बढ्छन् । जनताले चाहेजस्तो परिणाम आउँछ । संघीय सरकारले अघि सारेको बजेट र प्रदेश सरकारहरुले अघि सारेका बजेटहरु पूर्ण गतिका साथ कार्यान्वयनमा जान्छन् । सरकारले परिणाम दिनेगरि धमाधम काम गरिरहेको छ ।’

साक्षात्कारमा मन्त्री पण्डितले परिस्थिति र प्रसँगले गर्दा विकास निर्माणका काममा केही ढिलासुस्ती भएपनि अब ढिलाई नहुने विश्वास दिलाए । आफ्नो मन्त्रालयले यही कात्तिकको ८, ९ र १० गते सम्बन्धित निकायहरुसँग तराई–मधेश समृद्धिको प्रस्ताव माग गरेको सुनाउँदै आउने मंसिर ८ गते प्रस्ताव पेश गर्न समय दिएको मन्त्री पण्डितले जनाए । उनले भने,‘अब विनियोजित बजेटहरु विकास निर्माणका काममा तिव्रता प्रदान गर्छ । यो पहिलो वर्ष संविधान कार्यान्वयनको वर्ष भएकोले सरकार संविधान कार्यान्वयनमा कुनैपनि किसिमको ढिलाई चाहँदैन् ।’ संविधानअनुसार तीन तहका सरकारले काम गरिरहेको पनि उनले स्पष्ट पारे । पण्डितले मुलुक केन्द्रबाट संघीय प्रणालीमा रुपान्तरण भएकोले रुपान्तरणको लागि गर्नुपर्ने केही कामहरु भैसकेका र केही कामहरु बाँकी रहेको बताउँदै भने,‘अब बाँकी कामहरु पनि पूरा हुन्छन् । संघीय कानुन बन्ने चरणमा छ । प्रादेशिक कानुन र स्थानीय कानुनहरु पनि निर्माणको चरणमा छन् । कानुनहरु एकै रातमा बन्ने कुरा होईन । प्रक्रिया पूरा गरेर अघि बढ्छौं । कतिपय आवश्यक कानुनहरु संसदमा छन् । कतिपय निर्माण भैसकेका छन् ।’

संघीय प्रहरी ऐन निर्माणको अन्तिम चरणमा पुगिसकेको उनले जनाए । उनले भने,‘कर्मचारी समायोजन ऐन अन्तिम चरणमा छ । अब बस्ने मन्त्रिपरिषद बैठकबाट कर्मचारी समायोजन ऐन अघि बढ्छ । संघीय प्रहरी ऐनपनि अघि बढ्छ । अरु थुप्रै ऐनहरु प्रक्रियामा छन् ।’ अहिले देखिएका केही जटिलताहरु सरकारको ध्यानमा रहेको सुनाउँदै यी सबै समस्याहरुलाई समाधान गर्ने उनको विश्वास थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्