२२ जेठ २०८३, शुक्रबार

गाेरखामा बस दुर्घटना

कात्तिक २४, २०७५
गाेरखामा बस दुर्घटना

गोरखा- गोरखामा आज साँझ भएको बस दुर्घटनामा परी १७ जना घाइते भएका छन् ।
 तनहुँको आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ना ३ ख ७५४४ नम्बरको यात्रु बस गोरखा नगरपालिका–११ स्थित सोह्र किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो । 

बस सडकबाट अन्दाजी २८ फिट तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्