काठमाडौं– सरकारी सेवामा प्रवेश गर्नेको आकर्षण ह्वात्तै बढेको छ । लोकसेवा आयोगका अनुसार गत आर्थिक वर्ष २०७४–७५ मा माग संख्या भन्दा ९५ गुणा बढीले परीक्षाका लागि आवेदन दिएका छन् ।
आयोगले विभिन्न पदमा ५ हजार ९७० सिटका लागि दरखास्त आह्वान गरेको थियो । ती पदमा जागिर खानका लागि ५ लाख ७१ हजार ३२२ जनाले दरखास्त दिएको आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
जातीगत रुपमा हेर्दा सबैभन्दा बढी ब्राह्मणबाट २६ दशमलब ४७ प्रतिशतले दरखास्त दिएका छन् ।
ब्राह्मणपछि क्रमशः क्षेत्री समूदायबाट १७ दशमलब ३७ प्रतिशत, थारु ७ दशमलब ०३ प्रतिशत, मगर ६ दशमलव २६ प्रतिशत, यादव ६ दशमलव १६ प्रतिशत र नेवार समूदायबाट ४ दशमलव १० प्रतिशतले आवेदन दिएका छन् । बाँकी राई, तेली, कामी, तामाङ, कोइरी, ठकुरी, लिम्बु, दमाई, मुस्लिम, धानुक समूदायबाट आवेदन गरेको समाचारमा जनाइएको छ ।