०७ असार २०८३, आइतबार

ऐश्वर्यासँग सम्बन्धविच्छेद निवेदन दिएर लालूका छोरा किन पुगे वृन्दावन ?

कात्तिक २५, २०७५
ऐश्वर्यासँग सम्बन्धविच्छेद निवेदन दिएर लालूका छोरा किन पुगे वृन्दावन ?

६ महिना अघि विवाह बन्धनमा बाँधिएका राष्ट्रिय जनता दलका प्रमुख लालू प्रसाद यादवका छोरा तथा विहारका पूर्व स्वास्थ्य मन्त्री तेज प्रताप यादव शनिवार फेरि वृन्दावन पुगेका छन् ।

तेज प्रताप त्यहाँ प्रभुको सेवामा जुटेको र अलग अलग धार्मिक स्थलमा गएर भगवानको दर्शन गरिरहेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तेज प्रताप यादवले पटनाको एक अदालतमा पत्नी ऐश्वर्या रायसँग सम्बन्धविच्छेदको माग गरेका छन् । 

लालुका छोरा तेज र ऐश्वर्या रायको विवाह ६ महिना भएको थियो । ऐश्वर्याले सम्बन्धविच्छेद बारे अहिलेसम्म सार्वजनिक रुपमा केही भनेकी छैनन् तर तेज प्रतालले सम्बन्धविच्छेदका कारण बारे धेरै कुरा बताएका छन् । 
बृन्दावनमा पत्रकारहरुसँग कुरा गर्दै तेजले आफूलाई शान्तिपूर्वक वस्न दिन आग्रह गरेका थिए । 

सम्बन्धविच्छेद गर्न चाहनुको कारण बारे उदालतमा पेश गरेको निवेदनमा तेजले उल्लेख गरे अनुसार ऐश्वर्याले उनको भावनामा चोट पु¥याएकी छिन् । यसका साथै उनी आधुनिक विचारधाराकी भएको र आफू पुरातनवादी भएको कारण समस्या उत्पन्न हुने गरेको उनले बताएका छन् । 

तेज र ऐश्वार्यको विवाह निकै धुमधामसँग भएको थियो । चारा घोटाला प्रकरणमा जेलमा रहेका लालुपनि विवाह कार्यक्रममा सहभागी भएका थिए । यसका साथै भारतीय राजनीतिका उच्च प्रतिष्ठित व्यक्तिहरुको विवाह कार्यक्रममा सहभागीता भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्