
काठमाडौं — टर्कीको दक्षिणपूर्वी प्रान्त हक्कारीमा सेनाको हतियारगृहमा विस्फोट हुँदा सात सैनिक मारिएका छन् र अन्य २५ जना घाइते भएका छन् ।
राष्ट्रपति रेसेप तैयिप अर्दोआनले शनिवार हक्कारी प्रान्तमा रहेको शस्त्रागारमा विस्फोट हुँदा सात सैनिक शहीद भएको जानकारी दिए ।
हक्कारीको गभर्नर कार्यालयले एक बयान जारी गरेर विस्फोट सेमदिनली क्षेत्रमा भएको जनायो । त्यो इरान र इराक सीमानजिक छ ।
एजेन्सी