
काठमाडौं — अमेरिकाको क्यालिफोर्नियामा रहेको जंगलमा भीषण आगलागी हुँदा नौजनाको मृत्यु भएको छ भने ३५ जना बेपत्ता भएका छन् ।
देशको अग्निशमन निकायका अनुसार, आगोका कारण हजारौं भवन ध्वस्त भएका छन् ।
उत्तरी क्यालिफोर्नियामा ८० देखि ९० प्रतिशत भवन ध्वस्त भइसकेका छन् । एक अधिकारीका अनुसार, आगोका कारण त्यहाँबाट डेढ लाख मानिस पलायन गरिसकेका छन् ।
क्यालिफोर्नियाका कार्यवाहक गभर्नर गेभिन न्यूसमले उत्तरी क्यालिफोर्नियामा संकटकाल घोषणा गरेका छन् ।
आगो तीव्रताका साथ फैलिँदा सान फ्रान्सिस्कोबाट लगभग २९० किलोमिटर टाढा रहेको २७ हजार जनसंख्या भएको प्याराडाइज शहरलाई पूरै खाली गर्ने आदेश दिइएको छ । चर्को हावा चल्दा आगो दन्किएर भेन्चुरा काउन्टीमा १५
हजार एकड क्षेत्रमा रुखबिरुवा खरानी भएका छन् ।
एजेन्सी