लोकान्तर संवाददाता
काठमाडौं, १९ फागुन –सरकारले विभिन्न आयोजनाका लागि ३० अर्ब रुपैयाँको विदेशी थप लगानी स्वीकृत गरेको छ । बुधवार उद्योग तथा लगानी पवद्र्वन बोर्डको २ सय २२ औं बैठकले उक्त लगानी स्वीकृत गरेको हो ।

बुधवारकै बैठकले उद्योग संचालन म्याद थप गर्न नीतिगत व्यवस्था गर्ने सम्वन्धमा कानूनी राय माग्ने निर्णय गरेको छ ।
त्यस्तै, उक्त बैठकले सोल्टी होटल लिमिटेडको पूँजी वृद्धि स्वीकृत दिने, अर्घाखाँची सिमेन्ट प्रालि नामक उद्योगमा पूँजी एकिकृत गर्न स्वीकृत दिने लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनी प्रालिको पूँजी तथा क्षमता वृद्धि गर्न स्वीकृत दिने, सर्वोत्तम सिमेन्ट प्रालि उद्योगमा पूँजी वृद्धि गर्न स्वीकृत दिने लगायतका निर्णय गरेको छ ।
बैठकले सिनो हाइड्रो सगरमाथा पावर कम्पनी प्रालिको पूँजी वृद्धि गर्न स्वीकृत दिने र श्वेतगंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडमा विदेशी लगानी गर्न स्वीकृत दिने निर्णय गरेको छ ।