२३ असार २०८३, मंगलबार

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस, केन्द्रविन्दू भारतको खेला

कात्तिक २५, २०७५
पश्चिम नेपालमा भूकम्पको धक्का महसुस, केन्द्रविन्दू भारतको खेला

काठमाडौं– पश्चिम नेपालका दार्चुला र बैतडी जिल्लामा आइतवार भूकम्पको धक्का महसुस भएको छ । 

भूकम्प मापन केन्द्रका अनुसार दार्चुला सदरमुकामभन्दा १६ किलोमिटर उत्तरतर्फ भारतीय भूमि केन्द्रबिन्दू बनाएर ५.१ रेक्टर स्केलको भूकम्प गएको हो । 

खेला भन्ने ठाउँमा गएको भूकम्पको झट्का दार्चुला र बैतडीका केही ठाउँमा महसुस भएको थियो । 

अाइतवार मध्यह्न १२ बजेर ५२ मिनेटमा गएकाे भूकम्पले कुनै भौतिक क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नेत्रमणि गिरीले भूकम्पको सामान्य धक्का महसुस भएको सूचना आएपछि क्षतिको कुनै जानकारी प्राप्त नभएको लोकान्तरलाई बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्