१७ असार २०८३, बुधबार

तेस्रो एकदिवसीयमा जीतसँगै शृंखला दक्षिण अफ्रिकाको पोल्टामा

कात्तिक २५, २०७५
तेस्रो एकदिवसीयमा जीतसँगै शृंखला दक्षिण अफ्रिकाको पोल्टामा

काठमाडौं — अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भइरहेको तीन एकदिवसीय शृंखलाको अन्तिम तथा निर्णायक खेलमा पाहुना टोली दक्षिण अफ्रिका ४० रनले विजयी भएको छ । 

आइतवार होबार्टमा सम्पन्न खेलमा दक्षिण अफ्रिकाको विजयका लागि डेभिड मिलर कप्तान फाफ डुप्लेसीको प्रमुख योगदान रह्यो । मिलरले १०८ बलमा १३९ रन बनाए भने डुप्लेसीले १२५ रन बनाए ।

टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले एक समयमा ५५ रन बनाउँदा तीन विकेट गुमाइसकेको थियो । तर मिलर र डुप्लेसीले २५२ रनको साझेदारी गरेर टीमलाई सशक्त अवस्थामा ल्याए । दक्षिण अफ्रिकाले पाँच विकेटको क्षतिमा ३२० रन बनायो ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कस स्टोइनिसले दुई दुई विकेट लिए भने जोश हेजलवूडको नाममा एक विकेट रह्यो ।

जवाफमा अस्ट्रेलियाले नौ विकेटको क्षतिमा २८० रन मात्र बनाउन सक्यो । उसका लागि शन मार्शले १०२ बलमा १०६ रन बनाए भने स्टोइनिसले ४३ रनको योगदान गरे । विकेटकीपर एलेक्स केरीले ४२ र ग्लेन म्याक्सवेलले ३५ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि डेल स्टेन र कासिगो रबादाले तीन तीन विकेट लिए भने ड्वेन प्रिटोरियसले दुई र लुंगी न्गिदीले एक विकेट हात पारे ।

पहिलो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी भएको थियो भने दोस्रो चाहिँ अस्ट्रेलियाले जितेको थियो । 

अब यी दुई टोलीबीच एकमात्र टी२० खेल शनिवार हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्