०२ असार २०८३, मंगलबार

चीनबाट पाठ सिकेर पाकिस्तान अघि बढ्छः इमरान खान

कात्तिक २५, २०७५
चीनबाट पाठ सिकेर पाकिस्तान अघि बढ्छः इमरान खान

इस्लामावाद–पाकिस्तानले गरिबी निवारणका लागि चिनियाँ नमूनालाई आधार बनाउने प्रधानमन्त्री इमरान खानले बताउनुभएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । 
पाकिस्तानको पूर्वी शहर लाहोरमा सरकारी आवास गृहको उद्घाटन समारोहमा प्रधानमन्त्रीले भने, “चीनले विगत तीन दशकमा ७० करोड नागरिकलाई गरिबीबाट माथि उठाएको छ । यो विश्वकै इतिहासमा एक अभूतपूर्व सफलताको नमूना हो । पाकिस्तानले यसबाट पाठ लिएर अघि बढ्नेछ ।” 
यसै महिना चीनको औपचारिक भ्रमण गरेका खानले भने, सरकारले चिनियाँ पक्षसँग गरिबी निवारणका लागि बृहद् रणनीतिक सल्लाहका लागि कुराकानी अघि बढाइसकेको छ । 
पाकिस्तानी प्रधानमन्त्रीले भने, “मेरो सरकारले छिट्टै गरिबी निवारणको प्याकेजलाई पाकिस्तानको इतिहासमा नै पहिलो पटक ल्याउँदै छ । यसबाट गरिबीको रेखामुनि रहेका पाकिस्तानीलाई केही राहत मिल्ने विश्वास हामीलाई छ ।” 
इस्लामिक मुलुक पाकिस्तानले गरिबी निवारणको लक्ष्यलाई अघि बढाउन पहल तथा फरक फरक पहललाई निरन्तरता दिनुपर्ने उनले बताए । 
पाकिस्तानको आर्थिक सर्वेक्षण २०१८ ले बीस करोड ७० लाख जम्मा जनसङ्ख्यामा २४ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देखाएको छ । गरिबी, भोकमरी र बेरोजगारको समस्याले पाकिस्तानको जनसङ्ख्याको ठूलो हिस्सालाई प्रभावित गरेको छ । 
पाकिस्तानी प्रधानमन्त्रीले घरबिहीन नागरिकका लागि आवास गृह बनाइदिने घोषणा पनि गरेका छन् । 
 उनीहरूलाई आवास, खाना र स्वास्थ्यजस्ता आधारभूत सेवाको प्रबन्ध सरकारले गर्ने योजना वर्तमान् सरकारको रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्