०९ साउन २०८३, शनिबार

जनकपुरधाम–काठमाडौँ पर्यटक बस सेवा शुरु

कात्तिक २५, २०७५
जनकपुरधाम–काठमाडौँ पर्यटक बस सेवा शुरु

धनुषा– प्रदेश नं २ को राजधानी जनकपुर र सङ्घीय राजधानी काठमाडौँ आउनेजाने पर्यटकलाई ध्यानमा राखी जनकपुर–काठमाडौँ पर्यटकीय बस सेवा आजदेखि शुरु भएको छ । 

दीपज्योति एड्भेञ्चर टुर्स एण्ड ट्राभल्स प्रालिले सञ्चालन गरेको जनकपुरधाम–काठमाडौँ पर्यटकीय बसलाई प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले हरियो झण्डा देखाएर उद्घाटन गरे । सो अवसरमा मन्त्री रायले हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र तथा दुई प्राचीन शहर जनकपुरधाम र काठमाडौँको पशुपतिनाथ लगायतका धार्मिक क्षेत्रलाई जोड्न बस सेवाले महत्वपूर्ण योगदान पु¥याउने बताए । 

उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री अभिराम शर्माले पर्यटन क्षेत्र यस प्रदेशको मुख्य आधार रहेकाले यसलाई संवद्र्धन गर्न प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने बताए। 

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता रामसरोज यादवले बस सेवा सञ्चालन भएसँगै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । पर्यटकीय बस जनकपुरधामबाट बर्दिबास–सिन्धुली हुँदै काभ्रे–काठमाडौँसम्म सञ्चालन हुने छ ।

salt training

कमेन्ट गर्नुहोस्