१३ असार २०८३, शनिबार

आगलागी हुँदा एक घर र गोठ जलेर नष्ट

कात्तिक २६, २०७५
आगलागी हुँदा एक घर र गोठ जलेर नष्ट

उदयपुर-  उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–६ स्थित बेल्टार बजारमा आइतबार दिउँसो विद्युत् सर्ट भएर आगलागी हुँदा स्थानीय सुबार राईको घर र गोठ जलेर नष्ट भएको छ । 

चौदण्डी नगरपालिका र त्रियुगा नगरपालिकाको दमकलले झण्डै दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएको र आगलागीबाट राईको रु २२ लाख बराबरको सामान क्षति भएको बेल्टार इलाका प्रहरी कार्यालयका प्रमुख गङ्गाप्रसाद पौडेलले बताउनुभयो ।

आगलागीबाट राईको घरमा रहेका सात तोला सुन, रु दुई लाख नगदसहित अन्नपानी लत्ताकपडा र दुईतले काठको घरका साथै घर नजिकै रहेको गोठ र सुँगुरको खोर पनि जलेर नष्ट भएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्