२५ असार २०८३, बिहीबार

इजरेली फौज र हमास लडाकूबीच भिडन्त

कात्तिक २६, २०७५
इजरेली फौज र हमास लडाकूबीच भिडन्त

काठमाडौं– गाजापट्टिमा इजरेली फौज र हमास लडाकूबीच भिडन्त भएको छ । गाजापट्टिको दक्षिणमा पर्ने खान युनिसदेखि पूर्वमा भिडन्त भएको हो ।
 
इजरेलले गाजापट्टिमा गरेको कारबाहीमा हमास विद्रोहीका एक स्थानीय कमाण्डरसहित ६ जना प्यालिस्टिनी मारिएको प्यालेस्टाइनका अधिकारीहरूले बताएका छन् ।

विशेष फौजले गरेको कारबाहीका क्रममा आफ्ना एक सैनिकको ज्यान गएको र अर्का घाइते भएको इजरेली सेनाले जनाएको छ । गाजा क्षेत्रबाट रकेट प्रहार गरिएका चेतावनीयुक्त साइरन दक्षिणी इजरेलमा सुन्न सकिन्थ्यो र प्रहार गरिएका थुप्रै रकेट खसालिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्