०१ असार २०८३, सोमबार

सामाजिक सञ्जालमा प्रेमको नाममा ठगी गर्नेहरू सक्रिय, प्रहरीले दियो बच्ने सुझाव

कात्तिक २६, २०७५
सामाजिक सञ्जालमा प्रेमको नाममा ठगी गर्नेहरू सक्रिय, प्रहरीले दियो बच्ने सुझाव

काठमाडौं — सामाजिक सञ्जालमा प्रेमको बहाना बनाउँदै ठगीका घटनाहरू बढ्न थालेपछि भारतको प्रहरीले रोमान्स स्क्याम उद्धार अभियान चलाएको छ । 

आजकल सामाजिक सञ्जालमा प्रेम वा मित्रताको जालमा फसाएर मानिसहरूबाट पैसा ठग्ने घटना निरन्तर भइरहेको छ । 

साइबर सेलको आँकडा अनुसार, हरेक महिना यस्ता दुई उजुरीहरू आइरहेका छन् । 

६ महिनामा गाजियाबाद प्रहरीले नौ विदेशीसहित अनेक मानिसलाई यससम्बन्धमा पक्राउ गरेको छ । 

प्रहरीले मानिसलाई जागरुक बनाउनका लागि ट्विटर र फेसबूकमा अनेकौं पोस्टर जारी गरेर रोमान्स स्क्यामबाट बचाउने उपाय बताएको छ । 

यस्ता छन् केही उपाय :
अपरिचित व्यक्तिले अचानक भावना व्यक्त गरेमा सावधान हुनुस् ।

रोमान्स स्क्यामका आरोपितबाट आउने सन्देश अस्पष्ट हुन्छन् । 

आरोपितको प्रोफाइल उनीहरूको कुरासँग मेल खाँदैन ।

अप्ठ्यारो परेको भन्दै पैसा माग्छन् । आफ्नो कार्ड नम्बर र बैंक डिटेल दिनुहुँदैन । 

साइबर सेलमा एक महिला डाक्टरलाई ठगी गरिएको घटना सार्वजनिक भएको छ । गाजियाबादकी महिला डाक्टरले दोस्रो विवाहका लागि म्याट्रिमोनियल साइटमा आईडी बनाएकी थिइन् । त्यसक्रममा उनी एक भारतीय युवकको सम्पर्कमा आइन् । उसले आफूलाई अमेरिकाको एक एयरलाइन्सको पाइलट भन्यो । बिहे गर्ने भन्दै युवकले अनेकपटक गरी महिलाबाट ५० लाख भारु बेंगलुरुमा रहेको आफ्नो खातामा सार्न लगायो । 

अर्को घटनामा आरोपितले आफूलाई फिलिपिन्स एयरलाइन्सको पाइलट बतायो अनि एक महिला शिक्षकलाई ठग्यो । साथी बनाएपछि विभिन्न खातामा डेढ लाख भारु ट्रान्सफर गरायो । महिला शिक्षकलाई फेसबूकमा फ्रेन्ड रिक्वेस्ट आएको थियो । पैसा आफ्नो खातामा पारेपछि आरोपितको मोबाइल स्विच अफ भयो ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्