०३ साउन २०८३, आइतबार

बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल तथा बंगलादेश इन्स्टिच्युट बैंक म्यानेजमेन्टबीच सम्झौता

कात्तिक २६, २०७५
बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल तथा बंगलादेश इन्स्टिच्युट बैंक म्यानेजमेन्टबीच सम्झौता

काठमाडौं – बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल तथा बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्ट, ढाका, बंगलादेशबीच बैंकिङ तथा वित्तीय क्षेत्रको जनशक्ति विकास सम्बन्धमा दीर्घकालीन सहकार्य गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

यही कात्तिक २१ गते लक्ष्मीपूजाका दिन एक समारोहका बीच ढाकास्थित बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्टको कार्यालयमा सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । सहमतिपत्रमा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको तर्फबाट संस्थाका अध्यक्ष डा. विनोद आत्रेय र बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्टको तर्फबाट उक्त संस्थाका डाइरेक्टर जनरल डा.तोफिक अहमद चौधरीले हस्ताक्षर गरे ।  

नेपालका १५ वटा बैंक तथा वित्तीय संस्थाहरू र इमर्जिङ्ग नेपाल लिमिटेडले समग्र नेपालको वित्तीय क्षेत्रमा दक्ष जनशक्ति विकासका लागि प्रबद्र्धन गरेको बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले बंगलादेशको केन्द्रीय बैंक सहित अन्य सरकारी तथा निजी क्षेत्रका बैैैंकहरूद्धारा प्रवर्द्धन गरेको हो । 

१९७४ देखि संचालनमा रहेको बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्टसंगको सहकार्यले सर्टिफाइड शैक्षिक कार्यक्रमहरू सञ्चाचालन गर्ने, सेमिनार, कार्यशाला तथा गोष्ठीहरू आयोजना गर्ने, वित्तीय क्षेत्रमा अनुसन्धान तथा परामर्श सेवा प्रदान गर्ने जस्ता कार्यहरू मार्फत नेपालको वित्तीय क्षेत्रको जनशक्ति विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ । 

बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्टले आयोजना गरेको सातौं वार्षिक बैंकिङ सम्मेलनका अवसरमा गरिएको उक्त सहमतिपत्र हस्ताक्षर कार्यक्रममा बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालका सञ्चालक भवानी ढकाल र सुदिप खनाल तथा बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्टका विशिष्ट पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्