१५ असार २०८३, सोमबार

'कफी विद करण'मा कट्रिनाले खोलिन् अनेकौं रहस्य

कात्तिक २६, २०७५
'कफी विद करण'मा कट्रिनाले खोलिन् अनेकौं रहस्य

काठमाडौं — कट्रिना कैफ र वरुण धवन रेमो डिसूजाको तेस्रो डान्स फिल्म एबीसीडी ३ मा देखिने भएका छन् । 

हालै करण जोहरको टीभी शो कफी विद करणमा उनीहरू सँगै देखिए । उक्त शोमा कट्रिनाकी नजिककी साथी मिनी माथुर र फिटनेस ट्रेनर यास्मीन कराचीवालालाई पनि बोलाइएको थियो । उनीहरूले कट्रिनाका अनेकौं रहस्य खोले । 

उनीहरूले भने, ‘कट्रिनालाई केही कुरा मन परेमा उनी घर लगिदिन्छिन् । मिनीबाट उनले झुम्का उधारो लिइन् र यास्मीनसँग जिम जाँदा लगाउने लुगा ।’ 

त्यो सुनेपछि करण जोहरले आफ्नो चश्मा कट्रिनाले लगेको बताए । 

करणले हाँस्दै कट्रिनालाई क्लिोप्टोमेनिया भएको हुन सक्ने तर उननले पसलबाट सामान नउठाएर मानिसबाट लिने गरेको भने । 

कट्रिनाले चुपचाप सबै कुरा सुनेपछि भनिन्, ‘म कसैलाई नसोधी कुनै पनि सामान लग्दिनँ । साथीहरूलाई सधैं के लिऊँ भनेर सोध्छु । कहिलेकाहीँ चाहिँ साथीहरूले नदिने पनि भन्छन् ।’ 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्