२३ असार २०८३, मंगलबार

प्रदेश राजधानीको सडकमै भ्वाङ, दुर्घटनाको जोखिममा स्थानीय

कात्तिक २६, २०७५
प्रदेश राजधानीको सडकमै भ्वाङ, दुर्घटनाको जोखिममा स्थानीय

सुर्खेत – कर्णाली प्रदेशको राजधानीमा रहेका अधिकांश सडक खाल्डामय छन् ।

वीरेन्द्रनगरको मुटुमै रहेको शनिहल लाइनमा केही दिनदेखि बिच सडकमा भ्वाङ परेको छ । सडकमा ठूलो भ्वाङ पर्दा सडक दुर्घटनाको जोखिम बढेको छ ।

बजारमा पसल गरी बस्ने दानबहादुर सिजापतिले तीव्रगतिमा गुडिरहने मोटरसाइकल, अटोरिक्सा खाल्डामा परे ठूलो जनधनको क्षति हुने बताए । ‘स्थानीय सरकार र प्रदेश सरकारको नजरमा सडकको भ्वाङ परेन,’ उनले भने ।

‘गाउँगाउँमा सिंहदरबार भन्ने नारा नारामै सीमित भएको मेरो मान्यता छ,’ उनले भने, सिंह गाउँमा दरबार काठमाडौंमा नै रहेको हो कि भन्ने लाग्न थालिसकेको छ ।’ सडकमा रहेका सामान्य खाल्डा पुर्न पनि असार मसान्त नै कुर्नुपर्ने परिस्थिति आउनु राम्रो नभएको उनले बताए ।

वीरेन्द्रनगर नगरपालिकाले असारमा मात्रै खाल्डाखुल्डी पुर्ने गरेको छ । ‘आवश्यकताअनुसार जहिले खाल्डा पर्छ उहिले नै पुर्ने नगर सरकारको सोच कहिले आउला खै ?’ उनले प्रश्न गरे ।

भ्वाङबारे बुझ्न फोन गर्दा वीरेन्द्रनगरको ६ नम्बरका वडाध्यक्ष मोतीलाल कँडेलले फोन उठाएनन् । स्थानीयको अपेक्षा अनुसार वडा कार्यालयले तत्काल भ्वाङ नपुरेको खण्डमा ठूलो घटना हुने जोखिम रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्