०८ साउन २०८३, शुक्रबार

विराटनगरका मेयर झण्डै ३ किलोमिटर दण्डवत् यात्रासहित छठपूजा गर्दै

कात्तिक २६, २०७५
विराटनगरका मेयर झण्डै ३ किलोमिटर दण्डवत् यात्रासहित छठपूजा गर्दै

विराटनगर – विराटनगर महानगरपालिकाका प्रमुख (मेयर) भीम पराजुली छठ पर्वका क्रममा सडकमा दण्डवत् यात्रा गर्दै पूजामा सहभागी हुने भएका छन् ।

यसअघि १४ पटकसम्म दण्डवत् यात्रा गर्दै छठ पूजामा सहभागी भएका मेयर यसपालि १५ औं पटक दण्डवत् प्रणाम यात्रा गर्दै छठ पूजामा सहभागी हुनेछन् ।

धर्म संस्कृतिप्रति बढी नै आस्था राख्ने पराजुलीले हरेक वर्ष छठी माताको ब्रत बसेर दण्डवत् प्रणाम गर्दै सिँगिया नदी जाने तयारी गरेको मेयरका प्रेस संयोजक कौशल निरौलाले जानकारी दिए । 

हरेक वर्ष गर्दै आएको पूजाकर्मलाई यसपालि पनि मेयर पराजुलीले निरन्तरता दिने तयारी गरिरहेको उनले बताए । झण्डै ३ किलोमिटरको दूरीसम्म मेयर पराजुली सडकमा दण्डवत् प्रणाम गर्दै यात्रा गर्ने छन् । नदीसम्म पुगेर उनी पूजामा सहभागी हुने जनाइएको छ ।

मेयर पराजुलीले पोखरियास्थित शिव पाञ्चायन मन्दिरबाट मंगलवार दिउँसो साढे १२ बजे दण्डवत् प्रणाम यात्रा शुरू गर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्