१२ असार २०८३, शुक्रबार

नेपाल आएका एक मलेसियाली नागरिकको सोलुखुम्बुमा मृत्यु

कात्तिक २६, २०७५
नेपाल आएका एक मलेसियाली नागरिकको सोलुखुम्बुमा मृत्यु
प्रतिकात्मक तस्वीर

सोलुखुम्बु – खुम्बु–पासाङल्हामु गाउँपालिका ४ दिङ्बोचेमा एक मलेसियालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीया वङ वेनडी रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

आइतबार भ्रमणका लागि खुम्बु आइपुगेको चार जनाको समूह दिङ्बुचेस्थित गुडलक होटलमा बास बसेकै ठाउँमा वेनडीको राति मृत्यु भएको प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

मृत्युको कारण यकिन नभए पनि लेक लाग्ने समस्या भएको हुन सक्ने अनुमान गरिएको छ । शवको कानूनी प्रक्रिया पूरा गरी परीक्षण्का लागि आज बिहान हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्