३२ असार २०८३, बिहीबार

छठ पर्वका अवसरमा सशस्त्र प्रहरीले गर्यो नदी मठमन्दीरको सरसफाइ

कात्तिक २६, २०७५
छठ पर्वका अवसरमा सशस्त्र प्रहरीले गर्यो नदी मठमन्दीरको सरसफाइ

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपालले छठ पर्वका अवसरमा देशभरका एक सय ७८ नदी, तलाउ तथा मठमन्दिरमा सरसफाइ गरेको छ । 

छठ पर्वका बर्तालु भक्तजनहरुलाई सघाउ पुर्‍याउन सशस्त्र प्रहरीका विभिन्न इकाइहरुबाट सो सरसफाइ गरिएको हो । सरसफाइमा कुल दुई हजार ३५३ सशस्त्र प्रहरीका जवान तथा अधिकृतहरु खटिएका थिए । 

काठमाडौँ उपत्यकामा मात्रै विभिन्न १२ स्थानमा सरसफाइ गरिएको छ । त्यस्तै प्रदेश नं.१ मा २०, प्रदेश नं. २ मा ८८ र प्रदेश नं. ३ मा ७ स्थानमा सरसफाइ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए । 
उनका अनुसार सशस्त्र प्रहरी बलले प्रदेश नं. ४ मा १५, प्रदेश नं. ५ मा २६, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३ ठाउँका नदी, तलाउ तथा मठमन्दिरको सरसफाइ गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्