
कञ्चनपुर– म्याजिक भ्यानले किचेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरका पाँच वर्षीया निशा जोशीको आज मृत्यु भएको छ ।
झलारी बजारबाट शान्तिपुर जाँदै गरेको से१ज ९०२ नंको भ्यानले झण्डाबोझ चोकमा किचेर बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।
बालिकाकी आमाले म्याजिक चालकलाई भाडाबापतको रकम दिँदै गर्दा बालिका भ्यानको अगाडि आउँदा चालकले असावधानीपूर्वक गाडी चलाएपछि किचिएको बताइएको छ ।
मृतक बालिकाको शव परीक्षणका लागि कैलालीको सेती अञ्चल अस्पताल पु¥याइएको छ ।
यसैबीच नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज भएको सवारी दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी घाइते हुनुभएकी दाङ, थिलकपुर गाउ“पालिका बस्ने ७० वर्षीय गङ्गा विकको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।
दाङबाट काठमाडौँका लागि छुटेको ना६ख ३९७३ नंको बस आफैँ अनियन्त्रित भएर पल्ँिटदा दुर्घटना भएको थियो ।