
काठमाडौँ — राष्ट्रपति निवास बढाउन महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई काभ्रेको पनौतीमा सार्ने सरकारी निर्णयको पूर्वमहानिरीक्षक, पूर्वगृहसचिव, पूर्वगृहमन्त्रीलगायतले विरोध गरेका छन् ।
पूर्वमहानिरीक्षक खडगजित बरालले सरकारको निर्णय उचित नभएको भन्दै आपत्ति जनाएका छन् ।
पूर्वगृहसचिव श्रीकान्त रेग्मीले पनि बरालको ‘स्टाटस’मा प्रतिक्रिया जनाउँदै प्रतिष्ठान सार्ने निर्णय उचित नभएको बताएका छन् । कान्तिपुरमा खबर छापिएको छ ।